काठमाडौं । २ कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । मंगलवार इन्टर्न हाईड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।
इन्टर्न हाईड्रोपावरले प्रतिकित्ता १ सय रुपैयाँका दरले १२ करोड ४० लाख रुपैयाँको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनका लागि बोर्डको अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारण आईपीओ जारी गर्न लागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
त्यस्तै, खप्तड लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ३२ लाख रुपैयाँ बराबरको को १ लाख ३२ हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।