काठमाडौं । कुमारी धनवृद्धि योजना र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नेप्सेमा सूचीकृत भएको छ ।
सोमबार कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तरगतको कुमारी धनवृद्धि योजनाका १२ करोड २५ लाख ७ हजार २ सय ५९ इकाई नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, एनआईसी एशिया क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तरगतको एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड पनि नेप्सेमा सूचीकृत भएको छ । योजनाको १० करोड २० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकरणसँगै यी दुबै कम्पनीको कारोबार दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।