images
images

राप्ती हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ सय बढीको आवेदन रद्द 


  • 380
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    राप्ती हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ सय बढीको आवेदन रद्द 

    काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा बाँडफाँट भएको हो।

    कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले  न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट गरिएको छ । सो शेयरमा कुल १४ लाख ९१ हजार ७ सय २२ आवेदन परेको थियो। 

    सोमध्ये १४ लाख ९० हजार २ सय ९८ आवेदन रद्द भएको छ भने १ हजार ४ सय २४ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये भाग्यमानी २ लाख १७ हजार ६ सय ९४ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका हुन्।

    कम्पनीले कुल २३ लाख ६६ हजार २ सय ४० कित्ता निष्काशन गरिएको थियो जसमध्य ७० हजार ९ सय ८८ कित्ता कर्मचारीहरुका लागि र १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरि बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ता शेयर सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो।


    images
    images

    Logo