काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले कुल ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमध्ये २३ हजार ५ सय २१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५८ हजार ८सय ३ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएर बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा साउन १२ गते हुनेछ भने ढिलोमा साउन २३ गतेसम्म लम्बिनेछ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त गरेको छ।