images
images

राप्ती हाइड्रोपावरको आईपीओ सोमवार बाँडफाँट हुने, कति जनाले पाउँछन् आईपीओ ?


  • 452
    SHARES
  • २०७९ श्रावण ८ गते आइतबार

    राप्ती हाइड्रोपावरको आईपीओ सोमवार बाँडफाँट हुने, कति जनाले पाउँछन् आईपीओ ?

    काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ । सो आईपीओ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलय नक्सालमा बिहान ९ बजे बाँडफाँट हुनेछ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार प्रिअलमेन्ट सकाएर सोमबार शेयर बाँडफाँट गर्ने भएको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । प्रतिव्क्ती १० कित्ताका दरले वितरण गर्दा उक्त आईपीओ  अनुसार २ लाख १७ हजार ६ सय ९४ जनालाई बाँढ्न पर्याप्त हुनेछ । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६ सय २३ कित्तासहित २३ लाख ६६ हजार २ सय ४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

    निष्काशन गरिएको कुल शेयरमध्ये  ७० हजार ९ सय ८८ कित्ता कर्मचारीहरुका लागि १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।


    images
    images

    Logo