काठमाडौं । नेपाल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतवार कम्पनीको ११ प्रतिशत बोनस शेयर वापतको १३ लाख ६६ हजार ५ सय ७२ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सूचीकरणसँगै उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।