images
images

धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आईपीओ निष्काशन गर्दै


  • 543
    SHARES
  • २०७९ श्रावण ८ गते आइतबार

    धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । 

    लघुवित्तले सर्वसाधारणका लागि कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ 
    जारी गर्न लागेको छ। जसमध्ये  ५ हजार १ सय ५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी रहेको ३ लाख ८ हजार २ सय ९५ कित्ता शेयरका सर्वसाधारणका लागि छुट्याईएको छ । 


    सो आइपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

    इच्छुक  लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo