images
images

अभियान लघुवित्तको आईपीओ साउन १८ गतेदेखि


  • 518
    SHARES
  • २०७९ श्रावण ८ गते आइतबार

    अभियान लघुवित्तको आईपीओ साउन १८ गतेदेखि

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । 

    लघुवित्तले सर्वसाधारणका लागि कुल ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको छ। जसमध्ये १२ हजार ५ सय  कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयरका सर्वसाधारणका लागि छुट्याइएको छ । 

    उक्त आईपीओमा छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo