images
images

श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 351
    SHARES
  • २०७९ श्रावण ८ गते आइतबार

    श्वेत गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले  बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि कुल २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये  १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरि बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सर्वसाधारणका लागि छुट्याइइएको छ । 

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

    आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।


    images
    images

    Logo