images
images

निरन्तर ८ दिन बढेको बजार विहीबार नेप्सेसँगै कारोवार रकम पनि गिरावट


  • 388
    SHARES
  • २०७९ श्रावण ५ गते बिहीबार

    निरन्तर ८ दिन बढेको बजार विहीबार नेप्सेसँगै कारोवार रकम पनि गिरावट

    काठमाडौं ।असार २९ गतेदेखि लगातार उकालो लागेकाे नेप्से आज भने गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६२ अंकले घटेर २ हजार ४४ दशमलव ७२ विन्दुमा पुगेको छ । लगातार ८ कारोबार दिनमा उकालो लागेको थियो भने आज विहीबार सामान्य अंकले गिरावट आएको हो । 

    आज २ सय २५ स्क्रिपको १ अर्ब ६४ करोड २६ लाख रुपैयाँ बराबरको  ३९ लाख ८ हजार कित्ता शेयर किनबेच भएको छ । आज ४६ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय २६ कम्पनीको शेयर मुल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । 

    बिहीबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको ०.१७ प्रतिशत बढेको छ। आज कारोबारमा आएको मध्ये लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सवैभन्दा बढी शिवम् सिमेन्ट्स कारोवार भएको छ । यस कम्पनीको १७ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको हो । त्यस्तै,एनआईसी एशिया बैंक ११ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । 


    images
    images

    Logo