images
images

आईपीओ निष्काशनका लागि सर्वोत्तम सिमेन्टसहित ५ कम्पनीले बोर्डमा दिए निवेदन


  • 512
    SHARES
  • २०७९ श्रावण ४ गते बुधबार

    आईपीओ निष्काशनका लागि सर्वोत्तम सिमेन्टसहित ५ कम्पनीले बोर्डमा दिए निवेदन

    काठमाडौं । आईपीओ निष्काशनका लागि सर्वोत्तम सिमेन्टसहित ५ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएका छन् । बुधवार रावा इनर्जी डेभलपमेन्ट, ट्रेड टावर लिमिटेड, सर्वोत्तम सिमेन्ट, अपर स्याङ हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएका हुन् । 

    रावा इनर्जी डेभलपमेन्टले स्थानीय र सर्वसाधारणको लागि ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर शेयर निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । 

    त्यस्तै, ट्रेड टावरले सर्वसाधारणको लागि ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।

    सर्वोत्तम सिमेन्टले पनि बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले   (योग्य संस्थागत लगानीकर्ताहरूको लागि, ४० प्रतिशत) २४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता शेयर मूल्य ५ सय १ देखि ७ सय ५१ रुपैयाँ ५० पैसासम्म तोकेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । 

    त्यसैगरि, अपर स्याङ हाइड्रोपावरले पनि आईपीओ निष्काशन गर्ने भएको छ । अपर स्यांगेले स्थानीय र सर्वसाधारणको लागि ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

    रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पनि बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले (योग्य संस्थागत लगानीकर्ताहरूको लागि, ४० प्रतिशत) ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता शेयर मूल्य ६ सय ८ रुपैयाँ देखि ९ सय १२ रुपैयाँसम्म तोकेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । 


    images
    images

    Logo