images
images

सयपत्री हाइड्रोपावरको आईपीओ साउन १३ गतेदेखि


  • 408
    SHARES
  • २०७९ श्रावण ४ गते बुधबार

    सयपत्री हाइड्रोपावरको आईपीओ साउन १३ गतेदेखि

    काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

    कम्पनीले ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। बाँकी रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ता  शेयर सर्वसाधारणका लागि लागि छुट्याइएको छ ।

    यस्तो निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ भने ढिलोमा साउन २७ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 


    images
    images

    Logo