काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ मा आवेदन दिने अन्तिम दिन रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो।
सो फण्डको समयावधि १० वर्षको रहनेछ । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
उक्त फण्डमा न्यूनतम १ सय देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले मेरो शेयरको अनलाइन अप्लिकेसन तथा सि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।