images
images

श्वेत गंगा हाइड्रोपावरको आईपीओ आजदेखि


  • 681
    SHARES
  • २०७९ श्रावण ४ गते बुधबार

    श्वेत गंगा हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ आजदेखि खुल्दैछ। कम्पनीले  सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि कुल २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये  १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरि बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सर्वसाधारणका लागि छुट्याइइएको छ । 

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन बन्द छिटोमा साउन ८ गते हुनेछ भने ढिलोमा साउन १८ गते हुनेछ। 

    कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

    आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।


    images
    images

    Logo