काठमाडौं । आज शेयर बजार सगैँ कारोवार रकममा समेत सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२० अंकले बढेर २ हजार ४५ दशमलब ६३ विन्दुमा पुगेको छ ।आज कारोबार रकममा पनि सुधार आएको छ । आज २ सय १३ स्क्रिपको २ अर्ब २९ करोड रुपैयाँ बराबरको ५७ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार कारोबार भएका कम्पनीमध्ये १ सय ४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ । २९ वटा कमपनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ ।
आज सबैभन्दा धैरै शिबम सिमेन्टको कारोबार भएको छ यस कम्पनीको १५ करोड ९७ लाख रुपैयाँ बराबराको शेयर कारोवार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको १० करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।
आज पनि सर्वाधिक धेरै बढ्नेमा इमर्जीङ नेपाल रहेको छ । हिजो सकारात्मक सर्किट लागेको इमर्जिङको शेयर मूल्य आज भने ८.०१ प्रतिशतले बढेको छ ।



