काठमाडौं । मौद्रिक नीति जारी हुने अन्तिम समय आइपुग्दा शेयर बजार स्थिर देखिएको छ । आर्थिक बर्ष अन्यत्यको प्रभाव सकिएको अवस्थामा बजारलाई चलायमान गराउने कारण नभेटिदा बजार स्थिर हुन पुगेको हो । आर्थिक बर्ष पहिलो दिन आइतबार शेयर बजार १.९३ अंकको झिनो वृद्धिसहित बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकले यहि साता मौदिक नीति जारी गर्दैछ । बसान्तको प्रभावले तरलतामा केही राहत देखिएको अहिलेको अवस्थामा मौदिक नीति कस्तो आउँछ भन्ने अन्योलताले लगानीकर्ताहरु शेयर बजारमा चलायमान हुन सकेका छैनन् । सोही कारण आज कारोवार रकम समेत १ अर्ब २३ करोडमा सिमित भएको छ । आज कारोवार भएका मध्ये ८४ कम्पनीको मुल्य बढेको छ । ८७ कम्पनीको मुल्य घटेको छ भने ८ कम्पनीको स्थिर भएको छ ।