images
images

घोराही सिमेन्टले प्रिमियम मुल्यमा आईपीओ ल्याउने,  सीआईटीले दियो बिक्रीको प्रत्याभूति


  • 430
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    घोराही सिमेन्टले प्रिमियम मुल्यमा आईपीओ ल्याउने,  सीआईटीले दियो बिक्रीको प्रत्याभूति

    काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मुल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । सो कम्पनीले १ सय रुपैयाँ अंकित मुल्य भएको शेयरलाई ३ सय ३५ रुपैयाँमा प्रिमियम थप गरि प्रतिकित्ता ४ सय ३५ रुपैयाँमा शेयर जारी गर्ने लागेको हो । 

    सो मुल्यमा ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन हुनेछ । सो बापतको कम्पनीले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय ३५ रुपैँया बराबरको कोष जुटाउने लक्ष्य लिएको छ । यसका लागि नागरिक लगानी कोषले घोराही सिमेन्टलाई शेयर विक्रीको प्रत्याभूति दिएको छ । 

    शेयर प्रत्याभूतिकर्ता सम्वन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघईले हस्ताक्षर गरेका छन् । 


    images
    images

    Logo