images
images

मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने


  • 494
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    मुक्तिनाथ क्यापिटलको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । मुक्तिनाथ क्यापिटलको हकप्रद शेयर आजदेखि खुल्दैछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । 

    यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २० करोड २५ लाख रुपैयाँ बराबरको २० लाख २५ हजार  कित्ता हकप्रद जारी गर्नेछ। उक्त हकप्रदमा भदौ  ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    कम्पनीले हकप्रद जारी गर्नका लागि गत कार्तिक २३ गते विशेष साधारणसधा गरेको थियो । सो सभाबाट पारित भएबमोजिम क्यापिटलले  हकप्रद जारी गर्न लागेको हो । 


    images
    images

    Logo