images
images

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 468
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा  आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार कित्तासहित २३ लाख ६६ हजार कित्ता साधारण शेयर निष्काशन गर।ेको थियो। निष्काशन गरेको कुल शेयरमध्ये ७० हजार ९ सय ८८ कित्ता कर्मचारीहरुका लागि १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।  बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताका सर्वसाधारणका लागि छुट्याइएको छ । 

    संस्थाका कर्मचारी र सामुहिक लगानी कोषका बाहेक उक्त शेयर प्रतिव्यक्ती १० कित्ताका दरले वितरण गर्दा २ लाख १७ हजार ६ सय ९४ जनालाई वितरण गर्न पर्याप्त हुनेछ ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ता शेयरसम्मकाका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको एपमार्फत पनि आवेदन दिन सकिनेछ।


    images
    images

    Logo