images
images

ङादी ग्रुपले साउन १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने


  • 614
    SHARES
  • २०७९ आषाढ ३२ गते शनिबार

    ङादी ग्रुपले साउन १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

    काठमाडौं ।  ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा साउन १८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

    हकप्रद निष्काशनका लागि कम्पनीले असार २० गते बुकक्लोज गरेको थियो। यसअनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

    कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।


    images
    images

    Logo