images
images

अपर हेवाखोलाको आईपीओ बाँडफाँट, २८ सय ११ जनाको आवेदन रद्द


  • 753
    SHARES
  • २०७९ आषाढ ३२ गते शनिबार

    अपर हेवाखोलाको आईपीओ बाँडफाँट, २८ सय ११ जनाको आवेदन रद्द

    काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।  अपर हेवाखोलाको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे  शेयर बाँडफाँट भएको हो । 

    कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ ।कम्पनीको  कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरि बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

    सो शेयरमा कुल १४ लाख ५५ हजार ३ सय ८४ आवेदकले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८ सय ११ आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ५२ हजार ५ सय ७३ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ३९ हजार ५ सय  आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।


    images
    images

    Logo