images
images

आर्थिक बर्षको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से, १ अर्ब ४५ करोडको कारोबार


  • 336
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    आर्थिक बर्षको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से, १ अर्ब ४५ करोडको कारोबार

    काठमाडौं । यस आर्थिक बर्षको अन्तिम दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.९३ अंकले बढेर २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको छ । 

    साताको अन्तिम दिन शुक्रबार कारोबारमा आएका २ सय ३१ स्क्रिपको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ४० लाख ५१ हजार कित्ता शेयर किनबेच भएको छ । आज ७२ कम्पनीको शेयर मुलय बढेको छ । १ सय ४ कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्यम स्थिर आएको छ । १३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहको घटेका छन्। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। त्यस्तै, म्युचुअल फण्ड र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। 

    शुक्रबार सबैभन्दा धेरै अपर तामाकोशीको १९ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ भने किसान लघुवित्तको ५ करोड ५८ लाख रुपैयाँको कारोवार भएको छ ।

    त्यस्तै हिमालयन डिट्रलरी ४ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ भने  अरुण काबेली पावर ४ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंक रहेका छन् जसको १० प्रतिशतले बढेका छन् भने सानिमा बैंकको ऋणपत्रको करिव १० प्रतिशतले बढेको छ । 


    images
    images

    Logo