images
images

आईपीओ जारी गर्दै कान्तिपुर टेलिभिजन, विक्री प्रबन्धकमा सानिमा क्यापिटल


  • 543
    SHARES
  • २०७९ आषाढ ३१ गते शुक्रबार

    आईपीओ जारी गर्दै कान्तिपुर टेलिभिजन, विक्री प्रबन्धकमा सानिमा क्यापिटल

    काठमाडौं । कान्तिपुर टेलिभिजनले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आईपीओ निष्काशन तथा विक्री प्रबन्धकका लागि सानिमा क्यापिटललाई नियुक्त गरेको छ । 

    कम्पनीले १ सय अंकित दरमा प्रिमियम मूल्य थपेर कूल ७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । सोसम्बन्धी सम्झौतापत्रमा बिहीबार कान्तिपुर टेलिभिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहिया र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।

    अध्यक्ष सिरोहियाले आफुहरुले १९ वर्षसम्म मेहनत गरेर दर्शकको विश्वास जितेको र अब यो सफलतामा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाएर शेयर निष्काशनको तयारीमा जुटेको छ ।


    images
    images

    Logo