काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले १ सय प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशनको लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो ।
कम्पनीको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।