काठमाडौं । आज ३ वटा कम्पनीको विशेष साधारणसभा हुँदैछ । शुक्रवार नेष्डो समृद्ध लघुवित्त, बुद्धज्योती लघुवित्त र मिर्मिरे लघुवित्तले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा नेष्डो समृद्ध लघुवित्तले वार्षिक साधारणसभा गर्न लागेको छ भने बुद्धज्योती लघुवित्त र मिर्मिरे लघुवित्तले विशेष साधारणसभा गर्न लागेका हुन् । नेष्डो समृद्ध लघुवित्तले प्रधान कार्यालय, कुश्मा, पर्वतमा दिउसो १ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले मर्जर र एक्विजिसन सम्बन्धि एजेण्डा राखेको छ । साथै २ जना सार्वजनिक निर्देशकका लागि निर्वाचन गर्ने,लेखा परीक्षकको नियुक्ति गर्ने लगाएतका एजेन्डा रहेको छ ।
त्यस्तै, बुद्धज्योती लघुवित्तले कम्पनीको प्रधान कार्यालय, पर्सा, रुपन्देहीमा बिहान ११ बजे नै बस्ने गरि विशेष साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेडसँग अधिग्रहण गर्ने रहेको छ ।
त्यसैगरि, मिर्मिरे लघुवित्तले होटल सारथी, धुलिखेल, काभ्रेमा बिहान ११ बजे नै बस्ने गरि विशेष साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा बुद्ध ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिग्रहण गर्ने रहेको छ ।
यी २ वटै कम्पनी एक आपसमा मर्जरमा जान लागेका छन् । सो मर्जरको प्रस्ताव पारित गर्नका लागि २ कम्पनीले आज विशेष साधारणसभा गर्न लागेका हुन् । साथै नेष्डो लघुवित्तले भने वार्षिक साधारणसभा गर्न लागेको हो ।



