काठमाडौं । आज दुई कम्पनी बोनस शेयर नेप्सेमा सचीकृत भएको छ । बिहीबार मिथिला लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
मिथिला लघुवित्तको २५ प्रतिशत बोनस शेयर बापतको ३ लाख ४० हजार ८ सय ७४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । त्यस्तै, आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत बोनस शेयर बापतको ६ लाख २ हजार २ सय २ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यो दुई कम्पनीको बोनस शेयर सुचीकृतसगैँ दोस्रो बजारमा कारोवारको लागि योग्य भएको छ ।