images
images

१४ अंकले शेयर बढ्दा नेप्से परिसूचक २ हजार बिन्दुमा


  • 354
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    १४ अंकले शेयर बढ्दा नेप्से परिसूचक  २ हजार बिन्दुमा

    काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.७१ अंकले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको छ । विहीबार कारोवारमा आएका २ सय २० स्क्रिपको २ अर्ब ४१ करोड रुपैयाँ बराबरको ६२ लाख १० हजार कित्ता शेयर किनबेच भएको छ । आज शेयर बजार बढेसगैँ कारोवार रकममा पनि वृद्धि भएको छ । 

    आज कारोबारमा आएका १३ उपसमूहहरू सबैको मूल्य बढेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको २.०४ प्रतिशत, फाइनान्सको १.६१ प्रतिशत र माइक्रोफाइनान्सको १.२८ प्रतिशतले मूल्य बढेको हो।

    आज १ सय १६ कम्पनीको शेयर मुल्य बढेको छ र ५५ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । आज एनआई सी एसिया बैंकको शेयर कारोवार भएको छ । यस कम्पनीको ३० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावरको १४ करोड १३ लाख रुपैयाँ बराबराको शेयर कारोवार भएको छ भने  एशियन लाइफ इन्स्योरेन्सको ८ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबराको शेयर कारोवार भएको छ । 

    त्यस्तै, शिवम् सिमेन्टको ८ करोड ३९ लाख ७१ हजार रुपैयाँ बराबराको शेयर कारोवार भएको छ  भने हिमालयन डिस्टलरीको ६ करोड ६४ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

     


    images
    images

    Logo