काठमाडौं । अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले बिहिवार बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । सो आईपीओमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन परेको थियो । जसमध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ४५ हजार १ सय ९४ जनाले सो आईपीओ पाएका छन् ।
उक्त आईपीओ १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने भाग्यमानी ५ जनाले थप एक कित्ता प्राप्त गरेको क्यापिटलले जनाएको छ ।
कम्पनीले १९ करोड ५७ लाख रुपैयाँ बराबरको १९ लाख ५७ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ३९ हजार सय कित्ता कर्मचारीहरुका लागि ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। सोपश्चात बाँकी रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयर शेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो।



