images
images

सिभिल बैंकको शेयर कारोबार रोक्का


  • 500
    SHARES
  • २०७९ आषाढ ३० गते बिहीबार

    सिभिल बैंकको शेयर कारोबार रोक्का

    काठमाडौं । आजदेखि सिभिल बैैंकको शेयर कारोबार रोक्का भएको छ । सिभिल बैंक र हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता गरेसँगै बिहिवारदेखि नेप्सेले दोस्रो बजारको शेयर कारोबार रोक्का गरेको हो । 

     बुधबार हिमालयन बैंकले एक्वायर गर्ने सम्झौता भएको थियो । मर्जमा सेयर स्वाप रेसियो १००ः८१ हुने भएको छ । मर्जपछि सिभिल बैंकका लगानीकर्ताले १ सय कित्ता शेयर बराबर  हिमालयन बैंकको ८१ कित्ता शेयर पाउने भएका छन् ।

    हिमालयन बैंकमा मर्ज हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूको पद र सेवा सुविधा दुबै नघट्ने गरि सो सहमति भएको छ ।  

     


    images
    images

    Logo