काठमाडौं । आज शेयर बजार बढेको छ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ५९.५४ अंकले बढेर १ हजार ९ सय ८६ दशमलव ८२ विन्दमा पुगेको छ । आज २ सय २५ स्क्रिपको २ अर्ब ४ करोड रुपैयाँ बराबरको ५७ लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि सुधारीएको छ।
बुधबार १ सय ८२ कम्पनीको शेयर मुल्य बढेको छ भने ५ कम्पनीको शेयर मुल्य घटेको छ । आज सवैभन्दा धेरै शिवम् सिमेन्ट्स कारोवार भएको छ । यस कम्पनीको ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, एनआईसी एशियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
बुधबार सबै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.९६ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक ६.२५ प्रतिशत बढेको छ भने व्यापारको ५.३९ प्रतिशत बढेको छ। कारोबारमा आएकोा जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ।
आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा नेपाल फाइनान्स, रिलायन्स फाइनान्स रहेका छन् ।



