images
images

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरमा जाने सहमति, आजदेखि कारोबार रोक्का


  • 544
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरमा जाने सहमति, आजदेखि कारोबार रोक्का

    काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमति गरेका छन् । आज बिहान  ९  बजे दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

    सम्झौता समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो । 

    बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सानिमा  र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब रूपैयाँ र रिलायन्स लाइफको चुक्ता पुँजी २ अर्ब १० करोड रूपैयाँ रहेको छ ।

    मर्जरमा जाने सहमति गरेसँगै यी दुबै कम्पनीको शेयर कारोबार आजदेखि रोक्का हुने भएको छ ।


    images
    images

    Logo