images
images

राप्ती हाइड्रोको आईपीओ आजदेखि, कति जनाले पाउँछन् आईपीओ ?


  • 440
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    राप्ती हाइड्रोको आईपीओ आजदेखि, कति जनाले पाउँछन् आईपीओ ?

    काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार कित्तासहित २३ लाख ६६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ। निष्काशन गरिने कुल शेयरमध्ये ७० हजार ९ सय ८८ कित्ता कर्मचारीहरुका लागि १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।  बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताका सर्वसाधारणका लागि छुट्याइएको छ । 

    संस्थाका कर्मचारी र सामुहिक लगानी कोषका बाहेकउक्त शेयर प्रतिव्यक्ती १० कित्ताका दरले वितरण गर्दा २ लाख १७ हजार ६ सय ९४ जनालाई वितरण गर्न पर्याप्त हुनेछ ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ता शेयरसम्मकाका लागि आवेदन दिन सकिनेछ। सो आईपीओको निष्काशन बन्द छिटोमा साउन १ गते हुनेछ भने सो ढिलोमा साउन ११ गतेसम्म हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको एपमार्फत पनि आवेदन दिन सकिनेछ।


    images
    images

    Logo