काठमाडौं । एभरेष्ट बैंकको अग्राधिकार शेयरको बुक क्लोजको मिति तय भएको छ । बैंकले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिका शेयर जारी गर्दा प्रकाशित विवरणपत्रको दफा ५.५ (छ)मा उल्लेख भए बमोजिम उक्त शेयरबाट हरेक वर्ष ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने व्यवस्था रहेको छ ।
सोही प्रयोजनका लागि उक्त अग्राधिकार शेयरको अन्तिम कारोबार यहि असार ३१ गते रहने बैंकले जनाएको छ ।