काठमाडौं । साेमबार घटेको शेयर बजारमा आज भने सामान्य सुधार आएको छ । आज शेयर बजारमा उताव चडावका बीच अन्तिम समयमा सामान्य अंकले बढेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अकंले बढेर १ हजार ९ सय २७ दशमलव २८ बिन्दुमा पुगेको छ । मंगलबार १ सय ३० कम्पनीको शेयर मुल्य बढेको छ । ४९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ ।
आज २ सय २६ स्क्रिपको १ अर्ब ७० करोड रुपैयाँ बराबरको ४९ लाख ६७ हजार कित्ता शेयर किनबेच भएको छ भने सोमबार २ अर्ब भन्दा बढीको कारोबार भएको थियो । शेयर बजारमा सामान्य सुधार देखिएसँगै आज अरुण काबेली पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ७ करोड ९५ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, गोर्खाज फाइनान्सको ७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।, शिवम् सिमेन्टको ७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ५ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ र हिमालयन डिस्टलरीको ५ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सप्तकोसी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ भने एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको ८.२२ प्रतिशतले बढेको छ ।



