काठमाडौं । एक्सेल डेभलपमेन्टको बैंकको शेयर मुल्य समायोजन भएको छ । बैंकको ८.५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रयोजनको लागि सोमबार नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो बैंकको शेयर मुल्य ३ सय २० दशमलव ७४ रुपैयाँ कायम भएको छ । सोमबार यस बैंकको अन्तिम कारोवार ३ सय ४८ रुपैयाँमा भएको थियो ।