काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७७.०१ अंकले घट्दा १ हजार ९ सय १५ दशमलव ६१ विन्दुमा पुगेको छ । आज २ सय २७ स्क्रिपको २ अर्ब ३२ करोड रुपैयाँ बराबरको ६३ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ । आज १ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८८ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्य स्थिर आएको छ ।
साताको दोस्रो दिन कारोवारमा आएक सवै सूचक राताम्य भएका छन् । आज नेप्सेमा भारी अकंले घटेर कारोबार २ अर्बमा खुम्चिदा हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एशिया बैंकको ८ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको ८ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।



