काठमाडौं । ३ कम्पनीले पायो साधारण शेयर (आईपीओ) निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।बोर्डबाट अनुमति पाएकोमा धौलागिरी लघुवित्त, सिक्लेस लघुवित्त र अभियान लघुवित्त रहेका छन् । बोर्डले सिक्लेस लघुवित्तलाई आईपीओ निष्काशनको लागि असार २३ गते अनुमति दिएको हो ।
सिक्लेस लघुवित्तले आईपीओ अनुमति पाएसगैँ आयोजना प्रभावित क्षेत्रको लागि र सर्वसाधारणको लागि २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ जारी गर्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा विओके क्यापिटल मार्केट रहेको छ ।
त्यस्तै, बोर्डले धौलागिरी लघुवित्तलाई आईपीओ निष्काशनको लागि असार २४ गते अनुमति दिएको हो । बोर्डको अनुमति पाएसंगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डले अभियान लघुवित्तलाई आईपीओ निष्काशनको लागि असार २४ गते अनुमति दिएको हो । बोर्डको अनुमति पाएसंगै लघुवित्तले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।



