images
images

रसुवागढी हाइड्रो पावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 779
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    रसुवागढी हाइड्रो पावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । रसुवागढी हाइड्रो पावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि कुल ६८ लाख ४२ हजार कित्ता शेयर विक्री गर्न लागेको थियो। अब सो कम्पनीको आईपीओमा साउन १० गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।  

    कम्पनीले जारी गर्न लागेको कुल शेयरमध्ये आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको अति प्रभावित गोसाइकुण्ड गाँउपालिको वडा नं. १ र २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदीङगो गाउँपालिको वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमे र बाँकी गोसाइकुण्ड गाँउपालिको वडा नं. ३, ४, ५, र ६ साथै सामान्य प्रभावित बाँकी जिल्लाबासीहरुलाई आईपीओ निष्काशन गर्ने लागेको हो । 

    उक्त आईपीओमा न्युनतम १ सय कित्ता र अधिकत्म ७   सय कित्ता आवेदन दिन सकिनेछ । सो कम्पनीको आईपीओको निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।


    images
    images

    Logo