काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ साउन ४ गतेदेखि खुल्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि कुल २३ लाख ८९ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ। जसमध्ये १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरि बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता सर्वसाधारणका लागि छुट्याइइएको छ ।
सो आईपीओमान लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन ८ गते हुनेछ भने ढिलोमा साउन १८ गते हुनेछ। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोशेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।



