काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ ले मा आवेदन दिने समय थप गरिएको छ । फण्डले असार २६ गतेसम्म निष्काशन गर्दा माग गरिए बमोजिमकोको आवेदन नपरे पछि समय थप गरेको हो ।
अब सो फण्डमा साउन ४ गतेसम्मका आवेदन दिन सक्ने क्यमपिटलले जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। सो फण्डको समयावधि १० वर्षको रहनेछ ।
निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
उक्त फण्डमा न्यूनतम १ सय देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले मेरो शेयरको अनलाइन अप्लिकेसन तथा सि आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।



