images
images

कस्तो रह्यो यो साताको सेयर बजार?


  • 482
    SHARES
  • २०७९ आषाढ २५ गते शनिबार

    कस्तो रह्यो यो साताको सेयर बजार?

    काठमाडौं । यस साता नेप्से सूचक १.७८ प्रतिशत अर्थात ३६.१५ अंकले घटेर १ हजार ९ सय ९२ दशमलव ६१ विन्दुमा बन्द भएको छ । गत साता नेप्से सूचक २ हजार २८ दशमलव ७७ विन्दुमा बन्द भएको थियो । शुक्रबार १ अर्ब १६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २८ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । 

    यस साता ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने दुई कारोबार दिन मात्र बढेको थियो।  यो साता आइतबार र बुधबार बजार बढेको थियो भने बाँकी कारोबार दिन ओरालो लागिको थियो। यस साता नेप्से ओरालो लागेपनि कारोबार रकम भने केही बढेको छ।

    गत साता दैनिक औषतमा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा यो साता २ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ। 

    केन्द्रीय बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । पु्ँजी बजारलाई सपोर्ट पुग्ने गरी मौद्रिक नीति आउन सकेमा त्यसले आगामी दिनमा थप सकारात्मक माहोल सिर्जना हुन सक्ने अपेक्षा गरिएको छ । विशेषगरी सेयर धितो कर्जामा ४–१२ को निती परिमार्जन हुन्छ वा हुँदैन भन्ने निकै चासोको विषय बनिरहेको छ ।

    अहिले पनि बजार निकै तल्लो विन्दुमा आइपुगेको छ । यसअघि १ हजार ८ सय ७ को न्यूनतम विन्दुलाई छोएको बजारले केही उचाई तय गरेको थियो । त्यसपछि करिब २१ सयको आसपासमा पुगेपछि बजार फेरि सामान्य करेक्सन तिर लागेको छ । यसअघि बजारले करिब ३२ सय अंकको उच्चतम विन्दु पुगेपछि थियो भने यहिले शुक्रबार सम्ममा १९ सय विन्दुमा आइपुगेको छ । 

    यस साता सूचीकृत २ वटा समूहमा मात्र वृद्धि भएको छ भने बाँकी सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ७ प्रतिशतले र जलविद्युत ०.९९प्रतिशतले बढेका छन् । फाइनान्स समूह १६.०९ प्रतिशतले र लगानी समूह १३.५१ प्रतिशतले बढेका छन् । सबैभन्दा बढी होटल समूह ५.२१प्रतिशतले घटेको छ । त्यसपछि अन्य समूहमा ३ प्रतिशतले  गिरावट आएको छ ।

     


    images
    images

    Logo