images
images

साताको अन्तिम दिन ३४ अंकले घट्यो नेप्से, १ अर्ब माथिका कारोवार


  • 376
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    साताको अन्तिम दिन ३४ अंकले घट्यो नेप्से, १ अर्ब माथिका कारोवार

    काठमाडौं । आज साताको अन्तिम दिन  शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.७० अंकले घटेर १ हजार ९ सय ९२ दशमलव ६३ विन्दुमा पुगेको छ । आज कारोवारमा आएका २ सय १७ स्क्रिपको १ अर्ब १६ करोड रुपैयाँ बराबरको ३० करोड ६३ लाख कित्ता शेयर किनबेच भएको छ ।  शेयर बजार घट्दा पनि १४ वटा कम्पनीको शेयर मूल्यमा बढेको छ । १ सय ७६ कम्पनीको शेयर मुल्य घटेको घटेको छ ।

    शुक्रबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

     आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको कारोवार भएको छ । यस कम्पनीको  ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको करिब ४ करोडको शेयर कारोवार भएको छ।

     


    images
    images

    Logo