images
images

सामान्य अंकले घट्यो नेप्से, म्युचुअल फण्डबाहेक सबै समुहका परिसुचक राताम्मे


  • 398
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    सामान्य अंकले घट्यो नेप्से, म्युचुअल फण्डबाहेक सबै समुहका परिसुचक राताम्मे

    काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६० अंकले घटेर २ हजार २७ दशमलव ३२ बिन्दुमा पुगेको छ । विहीबार २ सय २९  स्त्रिपको १ अर्ब ८० करोड रुपैयाँ बराबरको ४७ लाख ११ हजार कित्ता शेयर किनबेच भएको छ ।आजकाे दिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

     आज म्युचुअल फण्ड बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट देखिएको छ । बिहीबार म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.६६ प्रतिशत बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ। आज २९  कम्पनीको शेयर मुल्य बढेको छ ।  १ सय ५७  वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर आएको छ । 

    एलआईसी इन्डियाले हकप्रद शेयर पारितरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताहरु झुमिएका छन् । कम्पनीको ७ करोड ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।त्यस्तै, अरुण काबेलीको ६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।   

    शिवम् सिमेन्टको ६ करोड २५ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । हिमालयन डिस्टलरीको ५ करोड ९० लाख ८ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ५ करोड ८२ लाख ३९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


    images
    images

    Logo