images
images

अप्पर सोलु हाइड्रो  कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 400
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    अप्पर सोलु हाइड्रो  कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आआईपीओमा आवेदन दिने आज अन्तिम दिनरहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। सो आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

    कम्पनीले कुल १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ। निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १ सय ५० कित्ता कर्मचारीहरुका लागि र ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।  बाँकी रहेको  १८ लाख २० हजार ४ सय ७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo