images
images

सामान्य अकंले सुधारियाे शेयर बजार, कारोबार रकम २ अर्ब १७ करोडमाथि


  • 482
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    सामान्य अकंले सुधारियाे शेयर बजार, कारोबार रकम २ अर्ब १७ करोडमाथि

    काठमाडौं । आज शेयर बजार बढेको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से, यस दिन पनि सुरुवाती समयमा ओरालो लागेको थियो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  १३.३३ अंकले बढेर २ हजार ४३ दशमलव ९२ विन्दुमा पुगेको छ । आज कारोवारमा आएका २ सय २८ वटा स्त्रिपको २ अर्ब १७ करोड रुपैयाँ बराबरको ६२ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ । आज १ सय २३ कम्पनीको शेयर मुल्य बढेको छ ।  ९ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर आएको छ । 

    आज कारोबारमा आएका १३ उपसुचक मध्ये बैंकिङ, निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्ड बाहेक सबै समुहको उपसुचकमा घटेका छन् । बुधबार कारोबार रकममा भने गिरावट आएको छ । शेयर बजारमा उताप चडावको बीच थपघट भइरहेको छ । 

    आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सको ११ करोड ७२ लाख ८० हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एलआइसी नेपालको ११ करोड ५३ लाख रुपैयाँको शयर कारोबार भएको छ । सिभिल बैंकको १० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ९ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार कारोवारमा आएका २ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । सर्किट लाग्नेमा एलआइसी नेपाल, सीवार्इसी नेपाल लघुवित्त रहेका छन् । 


    images
    images

    Logo