images
images

२० करोड चुक्ता पुँजी पुर्‍याउने सबैले ब्रोकर लाइसेन्स पाउने 


  • 507
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    २० करोड चुक्ता पुँजी पुर्‍याउने सबैले ब्रोकर लाइसेन्स पाउने 

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने सबैले ब्रोकर लाइसेन्स पाउने व्यवस्था बनाएको छ । मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले २० करोड रुपैयाँ लगानी गर्न सक्ने सबैलाई प्रक्रिया पुरा गरेमा ब्रोकरको लाइसेन्स दिने निर्णय गरेको हो । 

    बोर्डले यसअघि निश्चित कोटामा मात्र ब्रोकर लाइसेन्स आएको थियो तर अब खुल्ला नीति अनुरुप प्रक्रिया पुग्ने र पुर्याउने सबैलाई लाइसेन्स दिने नीति ल्याएको छ। सो व्यवस्था पुराना ब्रोकर पम्पनीलाई समेत लागु हुने बोर्डले जनाएको छ । 

    बोर्डले सेयर ब्रोकरलाई तीन प्रकारको काम गर्न पाउने नीति बनाएको छ ।आधारभूत सेवा दिने सेयर ब्रोकर लाइसेन्सका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ भने अनुमानित (लाइसेन्स) लिन २५ लाख रुपैयाँ शुल्क र  वार्षिक १ लाख ५० हजार नवीकरण शुल्क तिर्नुपर्नेछ बोर्डले जनाएको छ । 

    यस्तै, पूर्ण कार्य गर्ने ब्रोकर कम्पनीले ६० करोड, प्रथम श्रेणीको लाइसेन्स लिन ५० लाख र कम्पनीले वार्षिक रुपमा ३ लाख रुपैयाँ नवीकरण शुल्क तिर्नु पर्नेछ । 


    images
    images

    Logo