काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.०८ अंकले घटेर २ हजार ३० दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज कारोबारमा आएका २ सय २९ स्त्रिपको २ अर्ब ९६ करोड रुपैयाँ बराबरको ८६ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ । आज बजार घटेसँगै कारोबार रकम समेत घटेको छ ।
आज १७ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ७५ कम्पनीको शेयर मुल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । आज सानिमा बैंकको प्रोमोटर शेयरको ३० करोड २० लाख रुपैयाँ बरारबको शेयर कारोबार भएको छ ।
त्यस्तै, अरुण काबेली पावरको ११ करोड ८२ लाख, शिवम् सिमेन्ट्सको १० करोड ६० लाख, हिमालयन डिस्टिलरीको १० करोड २१ लाख र अपर तामाकोशीको ८ करोड ५७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।