काठमाडौं । प्रहरीले फर्पिङ बसपार्कबाट ५ सय ९० एम्पुल लागूऔषधसहित १ जना व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय इन्ताज अन्सारी रहेका छन् ।
सोमबार दिउँसो कलैयाबाट काठमाडौं आउँदै गरेको टाटा सुमोलाई चेकजाँ गर्ने क्रममा १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनेरगन गरी जम्मा ६ सय ९० एम्पुल लागूऔषध सहित अन्सारीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।