images
images

८ करोड बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा


  • 425
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    ८ करोड बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा

    काठमाडौं । राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि छानबिन गरिएको थियो ।

    पौडेलले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा अपनाएको देखिएको विभागले उल्लेख गरेको छ । विदेशी विनिमय कारोबार गर्न अनुमति नलिएको तथा गैरकानूनी क्रियाकलपा गरेको पाइएकाले ८ करोड २३ लाख २६ हजार ८०६ बराबरको बिगो कामय गरी आज मुद्दा दर्ता गरिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


    images
    images

    Logo