काठमाडौं । नेपाल आयल निगमले जुनसुकै दिनदेखि इन्धन आपूर्तिमा समस्या हुनसक्ने जनाएको छ । निगमले सरकारलाई सोमबार ध्यानकर्षण गराउँदै यस्तो जानकारी गराएको हो । निगमका कार्यकारी उमेश प्रसाद थानीले प्रधानमन्त्री र उद्योगमन्त्रीलाई पत्र लेख्दै ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन नसकेको र मूल्य समायोजन पनि हुन नसकेको हुँदा भन्दै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख गरेको छ । निगमको वित्तीय अवस्था साह्रै बिग्रिएपछि प्रधानमन्त्री र वाणिज्य मन्त्रीलाई यसबारे ध्यानाकर्षण गराएको हो ।